अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
काठमाडौँ । पाकिस्तानमा सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टीम स्प्रिटमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति अशोक राज सिग्देलले सम्मान गरेका छन् ।
मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रम बिच उनले 'प्रधानसेनापति प्रशंसा निशान' द्वारा सुशोभित गरेका हुन् । अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाका अनुसार २०८१।१२।२८ गतेबाट २०८२।०१।०५ गतेसम्म पञ्जाव प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितामा सञ्चालित उक्त सैन्य अभ्यासमा सहभागी टोलीहरू बिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।
सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण