बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए

५ लाख २५ हजार रुपैयाँ कालु सिंह नामक दलालले खाइदिए
मङ्गलबार, ०९ वैशाख २०८२, १५ : ४४
मङ्गलबार, ०९ वैशाख २०८२

मध्यप्रदेश । भारतको मध्य प्रदेशको राजगढ जिल्लामा बिहेसम्बन्धी एउटा धोखाधडीको अनौठो खबर बाहिरिएको छ । 

एक युवकलाई ११ लाख रुपैयाँमा कुमारी केटीसँग विवाह गर्न लोभ्याइएको थियो, तर विवाहपछि थाहा भयो कि दुलही पहिले नै तीन बच्चाकी आमा थिइन् । 

बेहुलालाई निद्राको औषधि खुवाएर बेहुलीको गहना र नगद लुट्ने योजना बनाएपछि ठगीको खुलासा भएको थियो । यस घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  लिमाचौहान प्रहरी चौकी क्षेत्रका २२ वर्षीय कमल सिंह सोन्धियाको विवाह सुस्नेरकी युवती राधासँग भएको थियो । यो विवाहको सम्झौता ११ लाख रुपैयाँमा तय भएको थियो ।

यसमध्ये ५ लाख ७५ हजार रुपैयाँ केटीका बुबालाई दिइएको थियो । बाँकी ५ लाख २५ हजार रुपैयाँ कालु सिंह नामक दलालले खाइदिएका थिए । 

अप्रिल १४ मा खिल्चीपुरको लिम्बोडा गाउँमा आयोजित सामूहिक विवाह समारोहमा राधाको सट्टा पहिले नै विवाहित महिला सलोनी दुलही बनेकी थिइन् र बेहुला कमलसँग लगनगाँठो कसेकी थिइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप