कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
मध्यप्रदेश । भारतको मध्य प्रदेशको राजगढ जिल्लामा बिहेसम्बन्धी एउटा धोखाधडीको अनौठो खबर बाहिरिएको छ ।
एक युवकलाई ११ लाख रुपैयाँमा कुमारी केटीसँग विवाह गर्न लोभ्याइएको थियो, तर विवाहपछि थाहा भयो कि दुलही पहिले नै तीन बच्चाकी आमा थिइन् ।
बेहुलालाई निद्राको औषधि खुवाएर बेहुलीको गहना र नगद लुट्ने योजना बनाएपछि ठगीको खुलासा भएको थियो । यस घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । लिमाचौहान प्रहरी चौकी क्षेत्रका २२ वर्षीय कमल सिंह सोन्धियाको विवाह सुस्नेरकी युवती राधासँग भएको थियो । यो विवाहको सम्झौता ११ लाख रुपैयाँमा तय भएको थियो ।
यसमध्ये ५ लाख ७५ हजार रुपैयाँ केटीका बुबालाई दिइएको थियो । बाँकी ५ लाख २५ हजार रुपैयाँ कालु सिंह नामक दलालले खाइदिएका थिए ।
अप्रिल १४ मा खिल्चीपुरको लिम्बोडा गाउँमा आयोजित सामूहिक विवाह समारोहमा राधाको सट्टा पहिले नै विवाहित महिला सलोनी दुलही बनेकी थिइन् र बेहुला कमलसँग लगनगाँठो कसेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण