केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
काठमाडौँ । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दायर गरेका छन् । डा. बद्री केसी, डा. हेम राज शर्मा तथा अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाइ विश्वभर रहेका संघका सदस्यहरूको प्रतिनिधित्व गर्दै मंगलवार सर्वोच्च अदालतमा निवेदन दायर भएको हो।
सर्वोच्च अदालतको स्पष्ट आदेश अनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो। तर, बद्री केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको आरोप छ। सचिवालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि कुनै कदम चालिएन। उच्चस्तरीय समितिले स्वयम् जिम्मेवारी लिनका लागि सम्पर्क गर्दा समेत बेवास्ता गरिएको थियो।
अध्यक्ष गाहा मगरले भने, ‘हामीसँग अब विकल्प थिएन। अदालतको आदेशलाई निरन्तर बेवास्ता गरिँदै आएकोले हामीले अन्ततः सर्वोच्च अदालतमा पुनः मुद्दा दर्ता गर्न बाध्य भयौँ।’
अब यस विषयमा सर्वोच्च अदालतको हस्तक्षेप र स्पष्ट निर्देशनले मात्र पारदर्शिता र विधिको शासन पुनः स्थापना गर्ने अपेक्षा गरिएको गाहा मगरले जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण