सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै

सोमबार, १५ असार २०८३, ०९ : २८
सोमबार, १५ असार २०८३

सारांश

  • २५ वटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।
  • यो ऐतिहासिक एकता पछिको पहिलो बैठक आगामी सोमबार अपराह्न ४:३० बजे भर्चुअल माध्यमबाट सञ्चालन हुने तय भएको छ।
  • बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको छ।

काठमाडौँ । २५ वटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। 

पार्टी स्रोतका अनुसार यो ऐतिहासिक एकता पछिको पहिलो बैठक सोमबार अपराह्न ४:३० बजे बस्ने तय भएको छ। यो बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने जानकारी नेता रामकुमार भट्टराईले दिए।

बैठकका लागि मुख्य एजेन्डा पनि तय भइसकेको छ। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको भट्टराईले जानकारी दिएका छन् । 

२५ वटा राजनीतिक समूह र घटकहरू एकापसमा गाभिएर नयाँ स्वरूप पाएपछि बस्न लागेको यो पहिलो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप