आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।
उनले निजामती विधेयक चाँडै पास गर्ने तयारीमा रहेको भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न माग गरे । उनले भने,‘ समितिले विधेयक अन्तिम टुङ्गो लगाएको बेलामा कर्मचारी ट्रेड युनियनले आन्दोलनका कार्यक्रम गर्ने कुरा आएका छन् । त्यसलाई रोक्न आग्रह गर्दछु । युनियनहरूले पुनः विचार गर्नुपर्छ । राज्य सबैले मिलेर चलाउने हो । सुस्त रूपमा काम भएको अवस्थामा दबाब दिनु जायज हुन्छ । सबै बसेर सहमति गर्ने खोज्ने विषयलाई सकारात्मक लिएर सबै सरोकारवालाहरूले मदत गर्नुपर्छ।’
महामन्त्री थापाले आज विधेयक पास गर्ने तयारी भए पनि एक पटक प्रतिवेदन पढ्न दिने भएकाले चाँडै पास गर्ने तयारी रहेको बताए । उनले भने, ‘निजामती विधेयक अगाडि बढेको छ । आज यो विधेयक पास गर्ने तयारी पनि थियो । त भएको छ । यो प्रक्रिया पनि ठिक छ ।’
मङ्गलवार बसेको निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति बैठकमा बोल्दै १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए । उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गरेका छन् । माग सम्बोधन नभएर आन्दोलन सुरु गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण