शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

ओलीले किन धेरै गाली खान्छन् ?, यस्तो छ महेश बस्नेतको विश्लेषण

बुधबार, १० वैशाख २०८२, १४ : २०
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय सबैभन्दा धेरै गाली खाने नेता केपी शर्मा ओली बनेको बताएका छन् । यसअघि, नेपालमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला भएकोमा अहिले गाली खाने नेतामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बनेको बताएका हुन् ।

‘यो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्व. गिरिजाप्रसाद कोइराला थिए । किनभने उनी कहिल्यै भिडको भावनामा बहेनन् । कहिलेकाहीँ आफ्नै सभामा, आफ्नैविरुद्ध नाराबाजी हुँदा पनि उनी डगमगाएनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज सबैभन्दा धेरै गाली खाने नेतामा परेका छन् — केपी शर्मा ओली ।’

किन ओली सबैभन्दा धेरै गाली खाने नेता बने त भन्नेमा उनको आफ्नो तर्क पनि छ । उनी भन्छन्,

  • उनी विदेशीको सामु घोडा नटेक्ने नेता हुन । 
  • जनताको सार्वभौम सत्ताको पक्षमा छन्। 
  • सामाजिक सद्भावको पक्षमा छन्। 
  • राष्ट्रिय एकताको पक्षमा छन्। 
  • उनी जनताको सार्वभौम सत्ताको पक्षमा छन्। 
  • समृद्ध नेपाल सुखी नेपालीको पक्षमा छन्।
  • उनी कहिले भिडको सेन्टिमेन्ट क्याच गरेर बोलेर लोकप्रिय बन्ने प्रयास गर्दैनन्।
  • सत्य जे हो, त्यही बोल्छन्, निडर भएर ।

उनले अहिले नेपालमा भीडलाई खुसी पार्ने भाषण गरेर, सोसियल मिडियाको ट्रेन्डअनुसार बोलेर तत्कालका लागि ‘हाई–हाई’ पाउने नेता धेरै जन्मेको टिप्पणी गरेका छन् । ‘तर दीर्घकालसम्म ‘हाई–हाई’ हुने नेता भने सत्य बोल्न र देशको हितमा सतिसालझैँ उभिन सक्ने पात्र मात्र हुन्छ । त्यो के पी ओली हो ।’

उनी थप्छन्, ‘केपी ओलीसँग तत्काल लोकप्रिय हुन सक्ने ‘कला’ नभएको होइन । तर उनी क्षणिक फाइदा होइन, दीर्घकालीन प्रभाव हेरेर बोल्छन्, काम गर्छन् । सत्यसँग लड्दैनन् शक्तिसँग झुक्दैनन् । यही हो ‘क्लास’ — जुन सबैसँग हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप