ओलीले किन धेरै गाली खान्छन् ?, यस्तो छ महेश बस्नेतको विश्लेषण
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय सबैभन्दा धेरै गाली खाने नेता केपी शर्मा ओली बनेको बताएका छन् । यसअघि, नेपालमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला भएकोमा अहिले गाली खाने नेतामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बनेको बताएका हुन् ।
‘यो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्व. गिरिजाप्रसाद कोइराला थिए । किनभने उनी कहिल्यै भिडको भावनामा बहेनन् । कहिलेकाहीँ आफ्नै सभामा, आफ्नैविरुद्ध नाराबाजी हुँदा पनि उनी डगमगाएनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज सबैभन्दा धेरै गाली खाने नेतामा परेका छन् — केपी शर्मा ओली ।’
किन ओली सबैभन्दा धेरै गाली खाने नेता बने त भन्नेमा उनको आफ्नो तर्क पनि छ । उनी भन्छन्,
- उनी विदेशीको सामु घोडा नटेक्ने नेता हुन ।
- जनताको सार्वभौम सत्ताको पक्षमा छन्।
- सामाजिक सद्भावको पक्षमा छन्।
- राष्ट्रिय एकताको पक्षमा छन्।
- उनी जनताको सार्वभौम सत्ताको पक्षमा छन्।
- समृद्ध नेपाल सुखी नेपालीको पक्षमा छन्।
- उनी कहिले भिडको सेन्टिमेन्ट क्याच गरेर बोलेर लोकप्रिय बन्ने प्रयास गर्दैनन्।
- सत्य जे हो, त्यही बोल्छन्, निडर भएर ।
उनले अहिले नेपालमा भीडलाई खुसी पार्ने भाषण गरेर, सोसियल मिडियाको ट्रेन्डअनुसार बोलेर तत्कालका लागि ‘हाई–हाई’ पाउने नेता धेरै जन्मेको टिप्पणी गरेका छन् । ‘तर दीर्घकालसम्म ‘हाई–हाई’ हुने नेता भने सत्य बोल्न र देशको हितमा सतिसालझैँ उभिन सक्ने पात्र मात्र हुन्छ । त्यो के पी ओली हो ।’
उनी थप्छन्, ‘केपी ओलीसँग तत्काल लोकप्रिय हुन सक्ने ‘कला’ नभएको होइन । तर उनी क्षणिक फाइदा होइन, दीर्घकालीन प्रभाव हेरेर बोल्छन्, काम गर्छन् । सत्यसँग लड्दैनन् शक्तिसँग झुक्दैनन् । यही हो ‘क्लास’ — जुन सबैसँग हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण