शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
बुधबार, १० वैशाख २०८२, १७ : २९
काठमाडौँ । शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मिला श्रेष्ठ र कुबेर सिलवाल ‘बावु’ छन् ।
आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ मा काँडाघारीमा आक्रमण भएको थियो । वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् । आक्रमणमा संलग्न श्रेष्ठ र सिलवालालाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
उनीहरूको बिचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण