शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
बुधबार, १० वैशाख २०८२, १७ : २९

काठमाडौँ । शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मिला श्रेष्ठ र कुबेर सिलवाल ‘बावु’ छन् ।
आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ मा काँडाघारीमा आक्रमण भएको थियो । वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् । आक्रमणमा संलग्न श्रेष्ठ र सिलवालालाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
उनीहरूको बिचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’