गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने बताएका हुन् ।
उनले श्रमिकको स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरू स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताए ।
मुख्यमन्त्री आचार्यले भने, ‘नेतृत्व गर्नुपर्यो भने पनि हामी नेतृत्व गरेर अगाडि बढ्छौँ । अहिले हामी सडक तताएर होइन संवाद र वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्छ । विमानस्थल जसरी जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । विमानस्थल सञ्चालन गराएरै छाड्छौँ । सरकार निराश भएको छैन । स्वास्थ्य, श्रम स्वीकृति र भिसाको काम यहीबाट हुने कुरा तत्काल गर्नुपर्छ भनेर सरकारले बारम्बार भनेको छ । हामीले स्वास्थ्यको परीक्षण भीम अस्पतालमा निःशुल्क गरिदिन्छौँ भनेका छौँ ।’
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए ।
तर, मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । सरकार विमानस्थलको दिगो सञ्चालनको लागि आवश्यक कामहरू भइरहेको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य