गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने बताएका हुन् ।
उनले श्रमिकको स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरू स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताए ।
मुख्यमन्त्री आचार्यले भने, ‘नेतृत्व गर्नुपर्यो भने पनि हामी नेतृत्व गरेर अगाडि बढ्छौँ । अहिले हामी सडक तताएर होइन संवाद र वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्छ । विमानस्थल जसरी जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । विमानस्थल सञ्चालन गराएरै छाड्छौँ । सरकार निराश भएको छैन । स्वास्थ्य, श्रम स्वीकृति र भिसाको काम यहीबाट हुने कुरा तत्काल गर्नुपर्छ भनेर सरकारले बारम्बार भनेको छ । हामीले स्वास्थ्यको परीक्षण भीम अस्पतालमा निःशुल्क गरिदिन्छौँ भनेका छौँ ।’
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए ।
तर, मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । सरकार विमानस्थलको दिगो सञ्चालनको लागि आवश्यक कामहरू भइरहेको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण