आँखामा सातवटा टाँका लगाएर राजस्थानविरुद्ध मैदानमा ओर्लिएका थिए हार्दिक पाण्ड्या
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई एक सय रनले हरायो । उक्त खेलमा मुम्बई इन्डिसन्को जितमा ओपनर रायन रिकेल्टन, रोहित शर्मा र सूर्यकुमार यादवका अतिरिक्त कप्तान हार्दिक पाण्ड्याले पनि महत्वपूर्ण योगदान गरेका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान हार्दिकले आक्रामक पाली खेल्दै केवल २३ बलको सामना गरी एक छक्का र ६ वटा चौकको मद्दतले अविजित ४८ रन बनाएका थिए । अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हार्दिकसँग सम्बन्धित एउटा समाचार भाइरल भइरहेको छ । खासमा, गम्भीर घाइते भएर पनि उनी राजस्थानविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिए ।
राजस्थानविरुद्धको खेलअघि अभ्यासका क्रममा उनको आँखामा गम्भीर चोट लागेको थियो । खेलअघि उनको आँखाको माथिल्लो भागमा सातवटा टाँका लगाइएको थियो । यति हुँदा पनि उनी राजस्थानविरुद्ध मैदानमा ओर्लिएका थिए ।
त्यसैले खेलका क्रममा उनी आँखाको माथिल्लो भागमा पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । आँखामा सातवटा टाँका लगाइए पनि उनले राजस्थानविरुद्ध आक्रामक शैलीमा ब्याटिङ गरेका थिए । उनले बलिङतर्फ पनि एक ओभरमा केवल दुई रन खर्चिएर एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण