शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

आँखामा सातवटा टाँका लगाएर राजस्थानविरुद्ध मैदानमा ओर्लिएका थिए हार्दिक पाण्ड्या

शुक्रबार, १९ वैशाख २०८२, १३ : १२
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई एक सय रनले हरायो । उक्त खेलमा मुम्बई इन्डिसन्को जितमा ओपनर रायन रिकेल्टन, रोहित शर्मा र सूर्यकुमार यादवका अतिरिक्त कप्तान हार्दिक पाण्ड्याले पनि महत्वपूर्ण योगदान गरेका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान हार्दिकले आक्रामक पाली खेल्दै केवल २३ बलको सामना गरी एक छक्का र ६ वटा चौकको मद्दतले अविजित ४८ रन बनाएका थिए । अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हार्दिकसँग सम्बन्धित एउटा समाचार भाइरल भइरहेको छ । खासमा, गम्भीर घाइते भएर पनि उनी राजस्थानविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिए ।

राजस्थानविरुद्धको खेलअघि अभ्यासका क्रममा उनको आँखामा गम्भीर चोट लागेको थियो । खेलअघि उनको आँखाको माथिल्लो भागमा सातवटा टाँका लगाइएको थियो । यति हुँदा पनि उनी राजस्थानविरुद्ध मैदानमा ओर्लिएका थिए ।

त्यसैले खेलका क्रममा उनी आँखाको माथिल्लो भागमा पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । आँखामा सातवटा टाँका लगाइए पनि उनले राजस्थानविरुद्ध आक्रामक शैलीमा ब्याटिङ गरेका थिए । उनले बलिङतर्फ पनि एक ओभरमा केवल दुई रन खर्चिएर एक विकेट लिएका थिए ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप