जीवन–अनुभव र कलादृष्टि

कुइनेटामय जीवनमा मलाई घुमाइफिराई माक्र्सवाद निकट पुर्याउने तत्त्व अनेक थिए । तथापि मूलतः मेरो आफ्नै जीवन–अनुभव थियो । मेरो मानसमा सेरोफेरोको विषम परिस्थितिको प्रभाव र दबाब थियो । वक्र जीवनपथका अनेक संयोग र वियोग थिए । जीवनका गुत्थीहरूको गूढ रहस्य बुझ्न खोज्ने दुर्दम जिज्ञासा थियो । र, जीवनको धुमिल गोरेटोमा उज्यालो खोज्ने मेरो तीव्र उत्कण्ठा थियो ।
नित्य घर्षणमय यात्रामा जीवनको अर्थ र प्रयोजन बुझ्दै र गम्दै जाँदा माक्र्सवाद बन्यो मेरो जीवनदृष्टि र मेरो कलादृष्टि पनि ।
म सानो छँदा गाउँमा दुइटा आक्रामक चिजको भयकारी उपस्थिति थियो । ती थिए— जन्तरे बाबैको घोडा र उनै बाबैको भोटे कुकुर । ती दुई भयावह प्रणाी मेरा लागि अपमान, आतङ्क र असमानताका साक्षात् विम्ब थिए । तिनका नजिक पुग्दा मेरोे अस्तित्व डरले काम्थ्यो । अस्तित्व रक्षा हेतु ममा ईख र प्रतिरोधको भावनाले जन्म लियो । पछिल्तिर फर्केर गम खाँदा लाग्छ, घोडा र कुकुरको यो विम्बमा मेरा गाउँको सामाजिक संरचना र त्यसबाट निर्मित सामाजिक सम्बन्धको सार प्रतिबिम्बित भएको रहेछ । जन्तरे बाबैका घोडा र कुकुर सम्पन्नताका प्रतीक थिए र साथसाथै ती थिए तामस र उत्पीडनका प्रतीक पनि ।
एकताका मेरा बाको पनि लघु आकारको घोडा थियो । त्यो घोडा हाम्रो आर्थिक औकातको यथार्थपरक प्रतीक होइन, बाको लघुताबोधलाई ढाकछोप गर्ने तामसी आवरण थियो । हाम्रो ठुलो परिवारमा अनिकाल लाग्दा घोडा बेचेर खाइयो र जेनतेन प्राण धानियो । घोडाको अवसानसँगै बाको पञ्चायन पूजामा सुस्ती र उदासीनता देखापर्यो । र, पूजाआजाको त्यो उपक्रम बाको ईश्वरप्रतिको आस्थाको अभिव्यक्ति होइन, आदतको अभिव्यक्ति मात्र भयो । गरिबी र अभावको चपेटामा परेर बाको ईश्वरको पनि अवसान भयो । यसरी पुख्र्यौली उत्तराधिकारमा मलाई न घोडा हात लाग्यो, न ईश्वर । त्यसैले सहाराहीन जीवनमा माक्र्सवाद बन्यो मेरो जिउने र जगत्सित क्रिया–प्रतिक्रिया गर्ने सशक्त सहारा ।
प्रचलित संस्कृतिमा ठुलाबडासँग सानाले संवाद, विवाद वा प्रतिवाद नगर्नु सोमत र मर्यादाको अकाट्य मानक थियो । मेरो जीवनको सन्नाटा निसासलाग्दो थियो । त्यो सन्नाटाबिच घोडाको घण्टी र बाको पञ्चायन पूजाको घण्टको आवाज मेरा लागि प्रिय थिए । त्यसो त बाको कोमल गीताका श्लोकहरूको लयबद्ध वाचन पनि मेरा लागि कम्ता प्रिय थिएन । संगीत र कलाप्रतिको मेरो अनुरागको प्रारम्भिक प्रेरणाश्रोतः मेरो जीवनको टिठलाग्दो सन्नाटा भङ्ग गरिदिने विविध प्रकारका तिनै लयात्मक ध्वनिहरू पो हुँदा हुन् कि ?
कलालाई जडता र रूढिबाट बचाउने रचनात्मक काइदा हो यो । तर प्रयोगको नाउँमा जीवन–यथार्थलाई उपेक्षा गर्नु, सामाजिकतालाई तिलाञ्जली दिनु र तिलस्ममा रम्नु केवल टपर्टुइँयापन हो । त्यो पाठकसँग गरिने छल हो ।
तेह्रथुम जिल्लाको आठराई, चुहानडाँडामा म पहिले विद्यालय र पछि कलेजको छात्र भएँ । तिनताक त्यस भेगमा दार्जिलिङे आयामेली आन्दोलनको प्रभाव फेसनका रूपमा पैmलिएको थियो । आयामेली कलादृष्टि मेरो बोध क्षमता बाहिरको कुरा थियो । त्यसैले आयामेली क्लिष्ट शैलीले ममा खासै आकर्षण जगाएन । तथापि आयाम–प्रेरित साहित्यिक कार्यकलापले भने साहित्यको अध्ययन र लेखनप्रति ममा गहिरो अभिरुचि जगाइदिए ।
कुरा विक्रमाब्दको बीसको दशकको हो । ज्ञानको प्रकाश र जीवनको अग्रपथको खोजीमा राजधानी काठमाडौं आएँ म । काठामाडौँमा मेरा आँखामा धावा बोल्ने पहिलो दृश्य हिप्पी थियो । पछि थाहा पाएँ— हिप्पीहरू रहेछन् भौतिक सम्पन्नता र आत्मिक रिक्तताबिचको अन्तर्विरोधबाट जन्मेका पुँजीवादका असन्तुष्ट सन्ततिहरू । जीवन जिउनुको सार्थक प्रयोजनबाट च्युत भई दिग्भ्रमित भएका रहेछन् ती । ती दिग्भ्रमको नशामा लठ्ठ भई अराजक जीवनशैली अँगालेर शान्तिको खोजीमा नेपाल आएका रहेछन् ।
हिप्पीलाई झल्ला वेशभूषा धारण गर्न, खुला डबलीमा गाँजा उडाउन र परम्परागत नैतिक मूल्यलाई उपहास गर्दै उन्मुक्त मैथुनका भावभङ्गिमा प्रदर्शन गर्न छुट थियो । निरङ्कुश व्यवस्थासँग भिन्न मत राख्न आँट गर्ने प्रजालाई बाहु बलले दमन गर्न व्यवस्थाका प्रिय पुत्र मण्डलेहरू स्वतन्त्र थिए । स्वतन्त्र चिन्तन र अभिव्यक्ति स्वतन्त्रता भने पूर्ण रूपमा बन्धित थियो । सामाजिक परिवर्तन र प्रगतिका सपनामाथि वंशतन्त्रको कठोर निषेधाज्ञा थोपरिएकोे थियो । जगत्लाई देखाउनकै लागि केही शैक्षिक र प्राज्ञिक प्रतिष्ठानहरू थिए । तर विवेक, प्रज्ञा र सिर्जनशीलता मण्डलेतन्त्रको सिकार भएका बेला थियो त्यो । त्यो निरङ्कुश कालखण्डको आदर्श नायक थियो दमनतन्त्रकोको औजाररूपी उद्दण्ड मण्डले । असनको साँढेतुल्य मण्डले द्रूततर गतिमा परिपक्व भइरहेको बेला थियो त्यो ।
राष्ट्रिय परिवेश अतिशय जड र निसासलाग्दो थियो । निसासमय त्यो सन्नाटामा देशदेशावरका विद्रोह, विप्लव र क्रान्तिका घटना युवाहरूका प्रेरणाका उमङ्गमय कारक त हुने नै भए । उत्तरी चीनमा जनव्यापी क्रान्तिको द्वार खुलेको थियो । क्रान्तिको आखेटमा परी राजा र बास्सा, जर्नेल र सुन्दरी एवं मन्त्री र ठालुहरू इतिहासको रङ्गमञ्चबाट भाग्दै थिए । दक्षिणको सानो देश भियतनामको आँगनमा अमेरिकी मिचाहाको ताण्डव चलिरहेथ्यो । जागेका भियतनामी जनता त्यो ताण्डवविरुद्ध ज्यान हत्केलामा राखेर जुध्दै थिए । । निकट भारतको नक्सडबाडीमा किसान विद्रोहको आगो दन्केको थियो । त्यो जाज्ज्वल्यमान् आगोको निशाना थियो निर्मम जिम्दारी शोषण ।
कटु सत्य के हो भने असंख्य मानिसका अवसरलाई अपहरण गरी मैले यी यावत् सुविधा भोग गर्न पाएको हुँ । त्यसैले मेरो लेखनमा प्रतिविम्बित गरिब, दलित, बालक र महिलाहरूप्रतिको सहानुभूति र समभाव मेरो पश्चातापको अभिव्यक्ति र प्रायश्चितको स्वीकारोक्ति हो । त्यसो त यो मेरो विवेकले रोजेको दायित्व र कर्तव्य पनि हो ।
नेपालका सुस्ता र महेशपुरमाथि दिल्लीवासी दादाका गिद्धदृष्टि परेका थिए । र, नेपालको उत्तरी चेकपोस्टमा तैथान भारतीय सेनाका टुकडीहरू । छिमेकी बडे दादाको हेपाइ र मिचाइविरुद्ध वाम युवा पाखुरा सुर्किंदै सडकमा ओर्लिएका थिए । नेपाली इतिहासको त्यो कालखण्ड साहित्यका विद्यार्थीका लागि रोचक र रोमाञ्चक त थियो नै, निकै उर्बर पनि थियो । नेपाली साहित्यमा चिन्तन र सिर्जनाका अनेक वाद र प्रवृत्ति चल्तीमा थिए । ती अनेक नामले चिनिन्थे । यथा प्रगतिवाद, आयामेली आन्दोलन, राल्फा आन्दोलन, अस्वीकृत आन्दोलन, बुट पालिस प्रकरण आदि । नेपाली साहित्य प्रयोग र घर्षणको मैदान बनेको बडो रोचक समय थियो त्यो ।
गाउँदेखि धेरै टाढा राजधानी काठमाडौँ आउँदा पनि जन्तरे बाबैको घोडा र भोटे कुकुरका आक्रामक विम्बले मलाई लखेट्न छाडेनन् । निरङ्कुुश वंशतन्त्रको गर्भबाट जन्मेको मण्डले भिन्न काल, भिन्न स्थान, भिन्न सन्दर्भ र भिन्न परिस्थितिमा उनै घोडा र कुकुरको अर्को संस्करण थियो । उता गाउँमा ती विम्बले मेरो बक् बन्द गरिदिएका थिए । यता सहरमा मण्डलेले मेरो अभिव्यक्ति स्वतन्त्रता हरण गर्यो । सत्ताको अतिचारविरुद्ध गरिने नितान्त परोक्ष र मलुवा टिप्पणी पनि मण्डले सेन्सरको कालो मोसोको सिकार भइछाड्थ्यो । जीवनयात्राको यही मोडमा माक्र्सवादसँग मेरो जम्काभेट भयो । माक्र्सवादमा मैले आलोचनात्मक र क्रान्तिकारी सामथ्र्यको छनक पाएँ । माक्र्सवादमा मैले जीवन र समाजप्रतिको असन्तोष र विरोध व्यक्त गर्ने भाषा भेटेँ । माक्र्सवाद इतिहासको वक्रपथको वस्तुनिष्ठ व्याख्या गर्ने यत्न गर्दो रहेछ । र, भन्दोरहेछ— दार्शनिकहरूले आजसम्म जगत्को केवल व्याख्या गरे, गाँठ्ठी कुरो त जीवन–जगतलाई फेर्नु पो हो ।’ माक्र्सवादको यो साहसिक र न्यायप्रेमी उद्घोषको चुम्बकीय तत्त्वले मलाई आफूतिर खिच्यो । पुँजीको दासताबाट श्रमको मुक्ति । अल्पसंख्यक शोषक वर्गको प्रभुत्वबाट बहुसंख्यक श्रमजीवी जनताको मुक्ति । अतृप्त लोभ र आपसी द्वेषबाट आम मानवकोे मुक्ति । यो मुक्ति–शृङ्खलाको गुञ्जनले मेरो युवा मस्तिष्क झङ्क्रित भयो । अनि मेरो कल्पनामा भावी जीवन र समाजको एउटा त्यस्तो चित्र कोरियो, जहाँ मानिस घोडा र कुकुरको भय र तिनका स्वामीहरूको उत्पीडनबाट मुक्त हुनेछ । बस्, माक्र्सवादको ध्वजा बोकेर हिँडे म जीवनको सार्थकता र महत्ताको खोजी गर्ने सुन्दर यात्रामा ।
त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्दै के थिएँ नक्सली नेता चारु मजुरदारको आह्वान सुनेँ । हुङ्कारमय आह्वानले भन्यो— ‘बुज्र्वा शिक्षा बहिष्कार गरी क्रान्तितिर कुद ।’ मजुमदार महोदयको आह्वानमा प्रेरणाको प्रकाश र जीवनको न्यानो थियो । त्यसमा गाउँ र सहरका घोडा र कुकुरको आतङ्कबाट त्राण खोज्ने सम्मोहक सपना थियो । मजुमदारीय आह्वानलाई सकार्दै मास्टरी भेषमा लुसुक्क लागेँ म गाउँतिर । गाउँतिर लाग्दा मेरो रुकस्याक ब्यागमा फेरफार गर्ने गतिला लुगा पनि थिएनन् । माओत्सेतुङका सूत्रवचन सँगालिएका रेड बुक थुप्रै थिए । मेरो वैचारिक र साहित्यिक व्यक्तित्वको निर्माण प्रक्रियाको रङ्गीन र रोमाञ्चक एवम् उल्लासमय र स्मरणीय घटना थियो त्यो ।
मेरो लेखन कोरा लहडबाजी, निरर्थक बसिबियाँलो वा फगत आत्म–सन्तोषको खेलो होइन । कला जीवनका लागि हो । जीवनलाई बुझ्ने र जीवनलाई फेर्न प्रेरित गर्ने सर्वाधिक प्रभावशाली र सशक्त साधन हो यो । कला जीवनको ज्ञानबद्र्धक र जागरणकारी तथा रोमाञ्चक र आनन्ददायी माध्यम हो । कलाको यो उदात्त भूमिका आदर्शको आरोपण, पाण्डित्य प्रदर्शन वा उपदेशबाजीद्वारा निर्वाह हुँदैन । कलाको प्रभाव कुतूहल, रोमाञ्चकता र आनन्दबाट सुरु हुन्छ । यसले पाठकको सौन्दर्यबोधी चेतलाई तीव्र र सघन तुल्याउँछ । उसको यथार्थबोधी चेतलाई विस्तार गर्छ । उसलाई जीवनको अर्थ र उद्देश्य प्रदान गर्छ । र, साहस र बलिदानी भावनासाथ परिवर्तनकामी संघर्षमा डट्न उसलाई हौस्याउँछ ।
निकट र अन्तरङ्ग यथार्थको जीवन्त अनुभूतिबाट मेरो सिर्जन प्रक्रिया शुरु हुन्छ । अन्तर्दृष्टि र परिकल्पनाद्वारा त्यो विस्तारित हुन्छ । सिर्जनामा मैले यदाकखा स्वैरकल्पनाको प्रयोग पनि गरेको छु । यो यथार्थको ठोस धरातलबाट पलायित स्वैरकल्पना किमार्थ होइन ।
कलामा नयाँ रूप र शैलीको प्रयोग निरन्तर नवीनताको खोजी हो । बदलिँदो सामाजिक अभिरुचि र मनोविज्ञानलाई दृष्टिगत गरी नूतन प्रयोगको चेष्टा गर्नु गतिशील कलाको अनिवार्य धर्म हो । कलालाई जडता र रूढिबाट बचाउने रचनात्मक काइदा हो यो । तर प्रयोगको नाउँमा जीवन–यथार्थलाई उपेक्षा गर्नु, सामाजिकतालाई तिलाञ्जली दिनु र तिलस्ममा रम्नु केवल टपर्टुइँयापन हो । त्यो पाठकसँग गरिने छल हो ।
बाल्य, किशोर र युवा बयका अमिट स्मृति मेरो आख्यान लेखनका आधारहरू हुन् । ती स्मृतिले जीवनको चित्रणलाई सजीवता र प्रामाणिकता प्रदान गर्छन् । समकालका पात्रहरूलाई विम्बित गर्दा वा सामाजिक इतिहासको उत्खनन गर्दा म बराबर ती स्मृतिको सहारा लिन्छु ।
म गाउँको उपज हुँ । मेरो मानस र मनोविज्ञानको जग ग्रामीण जनजीवनको यथार्थले निर्माण गरेको हो । भौतिक रूपले सहरमा बसे पनि गाउँले मलाई पछ्याइरहन्छ । गाउँको विपन्न र पददलित जनजीवनका कथा र व्यथा, अभिलाषा र आकांक्षा, जागृति र संघर्ष मेरो लेखनका मुहान हुन् ।
म सहरमा आधुनिक सुविधासम्पन्न जीवनयापन गरिरहेको छु । मेरो घरमा सेक्सपियर र बाल्ज्याक, गोर्की र लु सुन आदि इत्यादिका कृति छन् । मेरो घरमा टेलिभिजन, कम्प्युटर र रेफ्रिजेरेटर पनि छन् । म आफ्ना ग्रामीण स्मृति र वर्तमानको वास्तविकता माझ पीडादायी अन्तर्विरोध अनुभूत गर्छु । कटु सत्य के हो भने असंख्य मानिसका अवसरलाई अपहरण गरी मैले यी यावत् सुविधा भोग गर्न पाएको हुँ । त्यसैले मेरो लेखनमा प्रतिविम्बित गरिब, दलित, बालक र महिलाहरूप्रतिको सहानुभूति र समभाव मेरो पश्चातापको अभिव्यक्ति र प्रायश्चितको स्वीकारोक्ति हो । त्यसो त यो मेरो विवेकले रोजेको दायित्व र कर्तव्य पनि हो ।
म मूलतः जसका लागि लेख्छु दुर्भाग्यवश उनीहरूसम्म मेरा रचना पुग्दैनन् । मेरा धेरैजसो पाठक निरक्षर छन् । जो साक्षर छन्, तीमध्ये धेरैको पुस्तक किन्ने औकात छैन । जसले पेट काटेर किन्छन्, तिनले पढ्ने फुर्सद र वातावरण पाउँदैनन् । अथवा पुस्तक पढ्ने कला तिनलाई थाहा छैन । गरिब र दलित, महिला र मधेसी, मुस्लिम र जतजातिप्रति लक्षित मेरा रचना प्रायः मैजस्ता उच्च जातका, अपेक्षाकृत सम्पन्न वर्गका पुरुष पाठकहरूले मात्र पढ्न पाउँछन् । लेखक यथार्थदेखि टाढा छ, पाठक पुस्तकदेखि टाढा छ । त्यसैले पुस्तक साँगुरो दुश्चक्रको फेरोमा घुमिरहेको छ । विराट जनजागरणकारी एवम् मुक्तिकामी राजनीतिक आन्दोलनले मात्र यो दुश्चक्रलाई तोड्न सक्छ ।
राजनीतिले आम मानिससम्म पुग्ने पुलको काम गरी कलालाई जनस्तरमा फिजाउँछ । कलाले राजनीतिलाई करुणा र मानवीयता सिकाउँछ ।
जीवन्त कला सदैव प्रतिपक्षीय चेतनाको द्योतक हो । आफ्नो आदर्शविरोधी राज्य अन्तर्गत मात्र होइन, आफ्नो आदर्श अनुरूपको राज्यअन्तर्गत पनि सच्चा कलाकार सदैव प्रतिपक्षी चेतनाको संवाहक हुन्छ । प्रतिपक्षता सत्ता र समाजको आलोचना र विरोध मात्र होइन बरु त्यो त जागरणकारी कर्म हो, सचेतनकारी खबरदारी हो, धक्काकारी हस्तक्षेप हो । कलाकार जब प्रतिपक्षको चेतनाबाट च्युत हुन्छ, ऊ राज्यसत्ता वा पार्टीसत्ताको ताबेदारमा पतीत हुन्छ ।
(अतीतबाट साभार ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या