प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’को उपाधि
शनिबार, २० वैशाख २०८२, ०७ : १२

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘ भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे शुक्रबार राति आयोजित फिनालेमा विजेता घोषित भए ।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप भए भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बन्न सफल भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १र१ लाख रुपैयाँ प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना