गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
सोमबार, २२ वैशाख २०८२, १८ : ४३
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका–३ केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन्। उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए।
घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार प्रयास थालेका थिए। तर,दुवै जनालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मधुसुदन नेपाले बताए
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण