मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु

सोमबार, २२ वैशाख २०८२, १८ : ४३
सोमबार, २२ वैशाख २०८२

नवलपुर ।  नवलपुरको गैडाकोट नगरपालिका–३ केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन्। उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए। 

घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार प्रयास थालेका थिए। तर,दुवै जनालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मधुसुदन नेपाले बताए 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप