आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

इटालियन सिरी’एमा एसी मिलान विजयी

मङ्गलबार, २३ वैशाख २०८२, ०५ : ३६
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौं । इटालियन सिरी’एमा एसी मिलान विजयी भएको छ । मिलानले जिनोआलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराएको हो । 

मिलानलाई जिताउन राफेल लियोंले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाए । ७७ औं मिनेटमा जिनोआका मोर्टेन फ्रेन्ड्रपले आत्मघाती गोल गरेका हुन् । घरेलु टोलीका लागि भिटोर ओलिभेराले एक गोल फर्काए । 

यो जितपछि मिलानको ५७ अंक भएको छ । शीर्ष स्थानमा रहेको नापोलीको ७७ अंक छ भने ७४ अंक भएको इन्टर मिलान दोस्रो स्थानमा छ । ६८ अंक भएको एटलान्टा तेस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप