बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना

सोमबार, २२ वैशाख २०८२, १९ : १७
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । जुत्ता चप्पलको पुरानो ब्राण्ड गोल्डस्टारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

मोर्डन स्लिपर इण्डष्ट्रिज प्रालिले ‘गोल्डस्टार’ जुत्ता र ‘हात्तीछाप’ चप्पल उत्पादन गरेर एमआरपी नराखी बजार पठाइएको पाइएपछि उक्त रकम जरिवाना गरिएको बजार निरीक्षण अधिकृत अमितकुमार झाले जानकारी दिए ।

सोमबार गएको विभागको निरीक्षण टोलीले उक्त प्रालिले  एमआरपी नराखी तथा लेबल नराखी जुत्ता चप्पल  बजार पठाउन लागेको भेटिएपछि उक्त जरिवाना गरेको हो ।

साथै तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप