‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
सोमबार, २२ वैशाख २०८२, १९ : १७
काठमाडौँ । जुत्ता चप्पलको पुरानो ब्राण्ड गोल्डस्टारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।
मोर्डन स्लिपर इण्डष्ट्रिज प्रालिले ‘गोल्डस्टार’ जुत्ता र ‘हात्तीछाप’ चप्पल उत्पादन गरेर एमआरपी नराखी बजार पठाइएको पाइएपछि उक्त रकम जरिवाना गरिएको बजार निरीक्षण अधिकृत अमितकुमार झाले जानकारी दिए ।
सोमबार गएको विभागको निरीक्षण टोलीले उक्त प्रालिले एमआरपी नराखी तथा लेबल नराखी जुत्ता चप्पल बजार पठाउन लागेको भेटिएपछि उक्त जरिवाना गरेको हो ।
साथै तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण