एयर होस्टेसलाई बदनियतपूर्वक छुने यात्री विमानस्थलबाटै पक्राउ

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट शिरडीतर्फ जाँदै गरेको विमानमा एयर होस्टेसलाई बदनियतपूर्वक छुने एक यात्री पक्राउ परेका छन् । शुक्रबार इन्डियो एयरलाइन्सको विमानमा उक्त घटना भएको हो ।
प्रहरीले आइतबार यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीका अनुसार आरोपित यात्रीले उडिरहेको विमानभित्र एयर होस्टेसलाई बदनियतपूर्वक छोएका थिए ।
एयर होस्टेसले उक्त घटनाबारे तत्कालै क्रु मेनेजरलाई जानकारी गराएकी थिइन् । विमान शिरडी विमानस्थलमा अवतरण गर्नासाथ सुरक्षा अधिकारीहरूलाई घटनाबारे जानकारी गराइएको थियो ।
सुरक्षाकर्मीले आरोपित यात्रीलाई तत्काल नियन्त्रणमा लिएर रहाटा प्रहरी स्टेशनमा लगेको बताइएको छ । आरोपित यात्रीलाई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित यात्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
इन्डियो एयरलाइन्सले यस प्रकारका घटनालाई सहन नसकिने प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार