एयर होस्टेसलाई बदनियतपूर्वक छुने यात्री विमानस्थलबाटै पक्राउ
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट शिरडीतर्फ जाँदै गरेको विमानमा एयर होस्टेसलाई बदनियतपूर्वक छुने एक यात्री पक्राउ परेका छन् । शुक्रबार इन्डियो एयरलाइन्सको विमानमा उक्त घटना भएको हो ।
प्रहरीले आइतबार यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीका अनुसार आरोपित यात्रीले उडिरहेको विमानभित्र एयर होस्टेसलाई बदनियतपूर्वक छोएका थिए ।
एयर होस्टेसले उक्त घटनाबारे तत्कालै क्रु मेनेजरलाई जानकारी गराएकी थिइन् । विमान शिरडी विमानस्थलमा अवतरण गर्नासाथ सुरक्षा अधिकारीहरूलाई घटनाबारे जानकारी गराइएको थियो ।
सुरक्षाकर्मीले आरोपित यात्रीलाई तत्काल नियन्त्रणमा लिएर रहाटा प्रहरी स्टेशनमा लगेको बताइएको छ । आरोपित यात्रीलाई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित यात्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
इन्डियो एयरलाइन्सले यस प्रकारका घटनालाई सहन नसकिने प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण