गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
काठमाडौं । इजरायलको सुरक्षा परिषदले हमासविरुद्ध सैन्य आक्रमण विस्तार गर्ने प्रस्तावलाई अनुमति दिएको छ । जसमा गाजामाथि कब्जा गर्नेसहितको प्रस्ताव संलग्न छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले परिषदले हमासलाई निमिट्यान्न पार्न र आफ्ना बाँकी बन्धकहरुको रक्षाका लागि ‘बलजफ्ती अभियान’ चलाउने निधो गरेका हुन् ।
गाजाका झण्डै २१ लाख नागरिकलाई स्थान्तरण गरिने समेत प्रधानमन्त्री नेतन्याहूको योजना छ । यद्यपि, सैनिकको घेराले कति क्षेत्र कब्जा गर्ने भन्नेबारे भने उनले बताएका छैनन् ।
सुरक्षा परिषदले निजी कम्पनीका माध्यमबाट सहायता पुर्याउने योजनालाई समेत सैद्धान्तिम रुपमा अनुमति दिएको छ । जसले दुई महिनाको नाकाबन्दीलाई प्रतिस्थापन गर्ने बताइन्छ ।
उता, राष्ट्रसंघले भने खाद्य संकटको जनाउ दिएको छ । राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरुले इजरायलको यो प्रस्ताव सर्वमान्य मानवीय सिद्धान्तको उल्लंघन हुने र यसमा आफुहरु सहयोग नगर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण