बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना

दुई महिनाभित्र काम नसकिए सरकारलाई सह्य नहुने प्रधानमन्त्रीकाे चेतावनी
सोमबार, २२ वैशाख २०८२, १८ : ३३
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई महिनाभित्र कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम नसकिए सह्य नहुने बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर ओलीले किन समयमै काम नसकेको भन्दै स्पष्टीकरण लिएका छन् । जवाफमा उनीहरुले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको बताएका थिए । 

प्रधानमन्त्री ओलीले आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुने गरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता रहेको बताए । थपिएको दुई महिनामा काम पूरा नभए सरकारलाई सह्य नहुने समेत उनले बताए । असारको अन्तिम सातासम्म कीर्तिपुरमा क्रिकेट रङ्गशाला पाउनेमा ओलीले विश्वास व्यक्त गरे ।  

ओली सरकारले बनेपछि मन्त्रिपरिषद्काे पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लडलाइट सहितको रङ्गशाला बनाउने निर्णय गरेको थियो। यही वैशाख २४ गते तीन सय दिन पुग्दै छ भने काम सकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप