सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना

दुई महिनाभित्र काम नसकिए सरकारलाई सह्य नहुने प्रधानमन्त्रीकाे चेतावनी
सोमबार, २२ वैशाख २०८२, १८ : ३३
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई महिनाभित्र कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम नसकिए सह्य नहुने बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर ओलीले किन समयमै काम नसकेको भन्दै स्पष्टीकरण लिएका छन् । जवाफमा उनीहरुले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको बताएका थिए । 

प्रधानमन्त्री ओलीले आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुने गरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता रहेको बताए । थपिएको दुई महिनामा काम पूरा नभए सरकारलाई सह्य नहुने समेत उनले बताए । असारको अन्तिम सातासम्म कीर्तिपुरमा क्रिकेट रङ्गशाला पाउनेमा ओलीले विश्वास व्यक्त गरे ।  

ओली सरकारले बनेपछि मन्त्रिपरिषद्काे पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लडलाइट सहितको रङ्गशाला बनाउने निर्णय गरेको थियो। यही वैशाख २४ गते तीन सय दिन पुग्दै छ भने काम सकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप