फेवातालमा हावाहुरीले अलपत्र परेकाहरूको उद्धार
सोमबार, २२ वैशाख २०८२, १७ : ०३
पोखरा । अचानक हावाहुरी आएपछि फेवातालमा डुङ्गा सयरमा निस्केकाहरू केहीबेर अलपत्र परेका छन् । ठुलो हावाहुरीसहित अहिले पोखरामा वर्षा भइरहेको छ ।
तालमा अलपत्र परेका सबैको सकुशल उद्धार गरिसकिएको उद्धार टोलीका असई दीपेन्द्र विष्टले जानकारी दिए । ‘उहाँहरूको उद्धार भैसकेको छ,’ उनले भने ।
‘डुङ्गा पल्टेकै छैन । एक जना चाहिँ एपिएफबाट उद्धार भएको छ । अर्को एक जना आर्मीले उद्धार गरेको छ । दुवै जनाको अवस्था सामान्य छ,’ उनले थपे, ‘हावा ठुलो आएपछि हामीले साइरन बजायौँ । सबै जना किनारामा आइसक्नुभएको थियो । कोही डुबेको भन्ने होइन ।’
उनले डुङ्गा किनारमा ल्याउन ढिलो गरेका ६ जनालाई सशस्त्रले बाहिर ल्याएको जानकारी दिए । तालमा कुनै घटना भए तत्काल उद्धारका लागि सशस्त्रको उद्धार टोली तैनाथ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण