आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा

काठमाडौं – रोयल च्यालेन्जर बेंगलुरुले (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। सनसनी पूर्ण खेलमा चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसीबी शीर्ष स्थानमा पुगेको हो।
शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो। चेन्नईका लागि अन्तिम ओभरमा १५ रन आवश्यक रहेको समयमा सुरुवाती तीन बलमा यस दयालले दुई रन दिएर महेन्द्र सिंह धोनीको विकेट लिएका थिए।
तीन बलमा १३ रन चाहिएको अवस्थामा पहिलो बलमा नै शिवम दुवेले छक्का प्रहार गरेका थिए। उनले छक्का प्रहार गरेको बल नोबल थियो। अब चेन्नईको जितका लागि तीन बलमा ६ रन आवश्यक थियो भने फ्रिहिटको अवसर समेत चेन्नईलाई थियो। त्यस पछिको तीन बलमा पनि दयालले तीन रन मात्र खर्चिए। सनसनीपूर्ण अन्तिम ओभरमा चेन्नई चुक्दा आरसीबीले दुई रनको जित निकालेको हो।
चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रनको योगदान गरे। ४८ बलको सामना गरेका उनले ९ चौका र पाँ छक्का प्रहार गरे। रवीन्द्र जडेजाले अविजित रहँदै ४५ बलमा ७७ रन जोडे। आरसिबीका लुङ्गी एनगीडीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए।
खेलमा बेंगलुरुले शानदर सुरुवात गरेको थियो । कोहली र जेकब बेथेल मिलेर पहिलो विकेटका लागि मात्र ५९ बलमा ९७ रनको साझेदारी गरे । कोहलीले मात्र ३३ बलमा ६२ रन जोडे । उनले ५ चौका र समान छक्का प्रहार गरे । योसँगै उनी यो सिजन ओरेन्ज क्यापको दौडमा गुजरात टाइटन्सका साई सुदर्शनलाई १ रनले उछिन्दै शीर्ष स्थानमा उक्लिएका छन् । यो सिजन कोहलीले ५०५ रन बनाएका छन् ।
प्रतियोगितामा कोहलीको ६२ औँ अर्धशतक थियो । उनले अस्ट्रेलियाका डेभिड वार्नरले बनाएको सबैभन्दा धेरै अर्धशतकको रेकर्ड बराबरी गरेका छन् । कोहलीको नाममा ८ शतक पनि समावेश छ । जुन आफैमा कीर्तिमान हो ।
बेथेलले ३३ बलमा ५५ रनको योगदान दिए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।
कोहली र बेथेल आउट भएपछि बेंगलुरुले लगातार विकेट गुमायो । देवदत्त पडिक्कल १७ रन, कप्तान रजत पटिदार ११ रन तथा जितेश शर्मा मात्र ७ र बनाएर पभेलियन फर्किए ।
खेलको अन्त्यतिर रोमारियो शेफर्डले तीव्र गतिमा रन बनाउँदै ५३ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले मात्र १४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।
बेंगलुरुको रनको गतिमा केही समय ब्रेक लगाउन मथिसा पथिरानाले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिए । चेन्नईका लागि नुर अहमद र साम करनले १–१ विकेट हात परे ।
तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा रहँदा चेन्नई भने चार अङ्कसहित पुछारमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर