अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
आइतबार, २१ वैशाख २०८२, ०९ : ३४

सिड्नी । अस्ट्रेलियाको २०२५ को आम चुनावमा प्रधानमन्त्री पदका उम्मेदवार तथा लिबरल-नेसनल गठबन्धनका नेता पिटर डटन लेबर पार्टीकी अली फ्रान्ससँग चुनाव हारेका छन् । डिक्सन सिटमा पिटर डटनलाई हराउँदै अली फ्रान्सले यो जित हासिल गरेकी हुन्।
पिटर डटन विगत २४ वर्षदेखि यो सिटमा लगातार जित्दै आएका थिए। तर अब उनी आफ्नै सिट गुमाउने पहिलो संघीय विपक्षी नेता बनेका छन्।
अली फ्रान्स ४९ वर्षकी छन् र वर्षौँदेखि डिक्सनको मुद्दाहरूमा कडा परिश्रम गरिरहेकी छन्। उनले सन् २०१९ मा पहिलो पटक चुनाव लड्दा ४५.४ प्रतिशत मत पाएकी थिइन् । सन् २०२२ मा उनको मत प्रतिशत बढेर ४८.३ प्रतिशत पुगेको थियो।
अली फ्रान्स एक पूर्व पत्रकार, सञ्चार प्रबन्धक र प्यारा खेलाडी हुन्। उनी क्वीन्सल्याण्ड राज्यका पूर्व मन्त्री पिटर ललरकी जेठी छोरी हुन् र एकल आमा हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलाकी’मा भित्रिइन् शिल्पा
-
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक