सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी गरेका छन्। बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचनेको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले सङ्क्रमणकालीन न्यायको विषय सम्बोधन गर्न सरकार अघि बढिसकेको जिकिर गरे । मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता सङ्क्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको उनको भनाइ थियो ।
सरकारमा संलग्न राजनीतिक दलहरूका बिचमा भएको सहमतिअनुसार सरकार अघि बढ्ने बताउँदै उनले सिफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाइसकेको बताए । उनले सङ्क्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदि कुनैपनि नाममा अलमल र कुनैपनि नाममा अवरुद्ध भए दोस्रो पटक यसलाई फेरि लयमा ल्याउन धेरै समय र धेरै अप्ठ्यारो हुने बताए ।
सिफारिस समितिलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी ढंगले सिफारिस गर्न दिन उनले आग्रह गरे । आयोगमै पीडितको प्रतिनिधित्वको विषय पनि सिफारिस समितिसँग कुरा गर्न सकिने उनले उल्लेख गरे । त्यो हुन नसके नयाँ संशोधनमा, ऐनमा पीडित समन्वय इकाइ भनेर गठन गरिएको र त्यसलाई नियमावलीमा थप स्पष्ट पारेर व्यवस्था गर्न सकिने लेखकले बताए । पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर सङ्क्रमणकालीन न्यायको प्रक्रिया ठिक ढंगले निष्कर्षमा नपुग्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण