मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना

बुधबार, २४ वैशाख २०८२, १४ : ३३
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेल भएको थियो । वर्षा बाधक बनेको उक्त खेलमा गुजरातले मुम्बईलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा तीन विकेटले हरायो । 

उक्त खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना तिराइएको छ । मुम्बईका कप्तान हार्दिकलाई स्लो ओभर रेटमा दोषी ठहर गर्दै २४ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो । 

कप्तान हार्दिकले जारी सिजनमा दोस्रो पटक जरिवाना तिरेका हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मुम्बई इन्डियन्सका अन्य खेलाडीमाथि पनि म्याच फिको २५ प्रतिशत रकम (जनही ६ लाख भारतीय रुपैयाँ) जरिवाना लगाउने निर्णय गरेको छ । 

अर्कोतिर, गुजरातका प्रमुख प्रशिक्षक आशिष नेहरामाथि पनि जरिवाना लगाइएको छ । आईपीएलको आचार संहित उल्लङ्घन गरेको आरोपमा आशिष नेहरामाथि म्याच फिको २५ प्रतिशतक रकम जरिवाना तिराउने निर्णय गरिएको समाचारमा जनाइएको छ । उनीमाथि एक डिमेरिट अंक पनि लगाइएको छ । 

खेलको पाँचौँ ओभरमा मुम्बईका प्रभावशाली ब्याट्सम्यान सूर्यकुमार यादवले जीवनदान पाएका थिए । सूर्यकुमारको क्याच मिडविकेटमा फिल्डिङ गरिरहेका गुजरातका फिल्डर साई किशोरको हातबाट छुटेको थियो ।  त्यसपछि गुजरातका प्रशिक्षक आशिष नेहरा निकै आक्रोशित भएका थिए । सोही कारणले उनलाई सजाय गरिएको हो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप