बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना

बुधबार, २४ वैशाख २०८२, १४ : ३३
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेल भएको थियो । वर्षा बाधक बनेको उक्त खेलमा गुजरातले मुम्बईलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा तीन विकेटले हरायो । 

उक्त खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना तिराइएको छ । मुम्बईका कप्तान हार्दिकलाई स्लो ओभर रेटमा दोषी ठहर गर्दै २४ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो । 

कप्तान हार्दिकले जारी सिजनमा दोस्रो पटक जरिवाना तिरेका हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मुम्बई इन्डियन्सका अन्य खेलाडीमाथि पनि म्याच फिको २५ प्रतिशत रकम (जनही ६ लाख भारतीय रुपैयाँ) जरिवाना लगाउने निर्णय गरेको छ । 

अर्कोतिर, गुजरातका प्रमुख प्रशिक्षक आशिष नेहरामाथि पनि जरिवाना लगाइएको छ । आईपीएलको आचार संहित उल्लङ्घन गरेको आरोपमा आशिष नेहरामाथि म्याच फिको २५ प्रतिशतक रकम जरिवाना तिराउने निर्णय गरिएको समाचारमा जनाइएको छ । उनीमाथि एक डिमेरिट अंक पनि लगाइएको छ । 

खेलको पाँचौँ ओभरमा मुम्बईका प्रभावशाली ब्याट्सम्यान सूर्यकुमार यादवले जीवनदान पाएका थिए । सूर्यकुमारको क्याच मिडविकेटमा फिल्डिङ गरिरहेका गुजरातका फिल्डर साई किशोरको हातबाट छुटेको थियो ।  त्यसपछि गुजरातका प्रशिक्षक आशिष नेहरा निकै आक्रोशित भएका थिए । सोही कारणले उनलाई सजाय गरिएको हो 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप