गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
बुटवल । रुपन्देहीको भैरहवाका दर्जनौँ सङ्घ संस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै आज एक घण्टा धर्ना दिएका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अघिको मूल गेटमा उनीहरुले धर्ना दिइएका हुन् ।
उद्योग व्यापार सङ्गठन रुपन्देही (चेम्बर अफ कमर्स, रुपन्देही) को आह्वानमा विरोध सभासहित धर्ना दिइएको हो । पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थलमा उडान ठप्प हुँदा निजी क्षेत्र धराशायी भएको भन्दै दिनको एक घण्टा धर्ना कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
धर्ना तथा विरोधसभा कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देही, लुम्बिनी इँटा व्यवसायी सङ्घ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगर, लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, सिद्धार्थनगर सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, भैरहवा, दरखसवा गाउँ समाज, नेवा खलः सिद्धार्थनगर, किराना तथा प्लास्टिक व्यवसायी सङ्घ लगायतका सङ्घसंस्था ब्यानरसहित सहभागी भएका थिए ।
विमानस्थलका सूचना अधिकारी विनोद राउतले अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न केन्द्रबाट पहल भए पनि कहिलेदेखि कुन कम्पनीले गर्ने यकिन भैनसकेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण