‘जार’ करियरको ठुलो उपलब्धि – अभिनेता शाही

काठमाडौँ । ‘जार’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । इन्द्रबहादुर राईद्वारा लिखित कृति ‘जार’माथि बनेको यो फिल्मको मुख्य भूमिकामा अभिनेता अनुपविक्रम शाहीले पनि अभिनय गरेका छन् । फिल्ममा उनले हर्षजीत नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।
फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको अभिनेता शाहीले बताए । उनले भने ‘धेरै पुरानो कृतिमा बनेको फिल्ममा हुनु भनेको मेरा लागि गर्वको कुरा हो ।’
‘मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु, उनले थपे ‘जार’को हर्षजीत पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरे ।’ गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ’जार’ उपयुक्त विकल्प रहेको उनको धारणा छ ।
फुर्वाछिरिङ लामा निर्देशित ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोल्छ । फिल्मका कार्यकारी निर्माता ज्योति क्षेत्री हुन् ।
फिल्ममा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट