ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
का संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्युट नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो । साथै बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजगता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको सभापति अम्मर बहादुर थापाले जानकारी दिए । बैठकले प्रिशा साहको मृत्युप्रति दुख प्रकट समेत गरेको उनले बताए ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै परराष्ट्रसंग निरन्तर समन्वयमा रहेको जानकारी दिए ।
उनले कलिंगा इन्स्टिच्यूटमा विद्यार्थी पठाउने एजेन्सीका बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण