मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा

सोमबार, २२ वैशाख २०८२, १७ : ५४
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने स्पष्ट पारेका छन् ।  जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पारेका हुन् ।

उनले दुई मुलुकबिचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको धारणा समेत राखे । पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उनले बताए । उनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा चीनले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाइमा पुराउने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप