सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबिच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री शर्माले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले सङ्घीयतालाई बलियो बनाउन प्रदेशस्तरीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए । प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा सङ्घीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएको समेत उनले बताए ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबिच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदान प्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिने उनले बताए । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने बताए ।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण