मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

सोमबार, २२ वैशाख २०८२, १७ : ३६
सोमबार, २२ वैशाख २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबिच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री शर्माले सो कुरा बताएका हुन् ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले सङ्घीयतालाई बलियो बनाउन प्रदेशस्तरीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए । प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा सङ्घीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएको समेत उनले बताए । 

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबिच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदान प्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिने उनले बताए । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने बताए । 

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप