गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट
काठमाडौँ । इन्टरनेसनल सिंगर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’मा नेपाली गीतकार लोकराज अधिकारी पनि छनौट भएका छन् ।
सातौँ संस्करणको यो अवार्डमा उनी दुई विधाको टप २० मा छनौट भएका हुन् । अधिकारीका ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका हुन् ।
अन्तर्राष्ट्रिय २१ विधाअन्तर्गत गीतकार अधिकारी पुरुष तर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका थिए । ‘इलेकट्रोनिक भोटिङ’ मार्फत उनी टप २० मा परेका हुन ।
आगामी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ‘रेड कार्पेट’ निम्तो पठाएको छ ।
गीतकार अधिकारीका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छटपटीमा’ लगायतका गीत नेपालमा लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण