गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट

काठमाडौँ । इन्टरनेसनल सिंगर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’मा नेपाली गीतकार लोकराज अधिकारी पनि छनौट भएका छन् ।
सातौँ संस्करणको यो अवार्डमा उनी दुई विधाको टप २० मा छनौट भएका हुन् । अधिकारीका ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका हुन् ।
अन्तर्राष्ट्रिय २१ विधाअन्तर्गत गीतकार अधिकारी पुरुष तर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका थिए । ‘इलेकट्रोनिक भोटिङ’ मार्फत उनी टप २० मा परेका हुन ।
आगामी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ‘रेड कार्पेट’ निम्तो पठाएको छ ।
गीतकार अधिकारीका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छटपटीमा’ लगायतका गीत नेपालमा लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको ‘म्युजिकल चियर’मा देउवा, ओली र प्रचण्ड
-
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
-
धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो
-
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
-
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
-
पाकिस्तानी हवाई क्षेत्र छलेर प्रमुख हवाई सेवा कम्पनी जहाज उडाउँदै