सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

आइतबार, २१ वैशाख २०८२, १९ : ३७
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका दुई वटा भ्रष्टाचार मुद्दाको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

इतबार हुम्लाको चंखेली गाउँपालिकामा खानेपानी ट्यांकी निर्माण कार्यमा भएको भ्रष्टाचार र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका नदीजन्य पदार्थ उत्खनन् कार्यमा राजस्व चुहावट गरेको मुद्दाको पुनरावेदन गरिएको हो । 

तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं तामाङ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने समेतले आव २०७५र७६ मा गाउँपालिका अन्तर्गत पर्ने विभिन्न आठ वटा बगरमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा मिलेमतोमा स्वीकृत कबोल अंक घटाई सम्झौता गरी २ करोड ५७ लाख २ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । 

अख्तियारले ५ करोड १४ लाख रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेकोमा २०८० चैत २२ गते सफाइ दिएको थियो । 

यस्तै चंखेली गाउँपालिका हुम्लाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेतले गाउँपालिका वडा २ मा खानेपानीको ट्यांकी निर्माणमा उपभोक्ता समिति र गाउँकार्यपालिकाबिच सम्झौता हुनु अगावै सामाग्री खरिद गरी नक्कली बिलबिजक बनाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

अख्तियारले ६ लाख ४८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गरेको थियो । विशेषले २०८० चैत १२ को फैसलाबाट सफाइ दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप