भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका दुई वटा भ्रष्टाचार मुद्दाको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
इतबार हुम्लाको चंखेली गाउँपालिकामा खानेपानी ट्यांकी निर्माण कार्यमा भएको भ्रष्टाचार र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका नदीजन्य पदार्थ उत्खनन् कार्यमा राजस्व चुहावट गरेको मुद्दाको पुनरावेदन गरिएको हो ।
तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं तामाङ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने समेतले आव २०७५र७६ मा गाउँपालिका अन्तर्गत पर्ने विभिन्न आठ वटा बगरमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा मिलेमतोमा स्वीकृत कबोल अंक घटाई सम्झौता गरी २ करोड ५७ लाख २ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले ५ करोड १४ लाख रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेकोमा २०८० चैत २२ गते सफाइ दिएको थियो ।
यस्तै चंखेली गाउँपालिका हुम्लाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेतले गाउँपालिका वडा २ मा खानेपानीको ट्यांकी निर्माणमा उपभोक्ता समिति र गाउँकार्यपालिकाबिच सम्झौता हुनु अगावै सामाग्री खरिद गरी नक्कली बिलबिजक बनाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले ६ लाख ४८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गरेको थियो । विशेषले २०८० चैत १२ को फैसलाबाट सफाइ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण