म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि कडा रूपमा प्रस्तुत भए ।
तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका थिए। साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ ।
फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई-केसीडिसी-बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_6FKjCwIR8r.jpg)
_NRtShSMjW2.jpg)
_wi1cZlcjXx.jpg)
_A5gIEQoohw.jpg)
_Lb1XMM0nOx.jpg)
_cl1Y45UAz7.jpg)
_bBpqhkyJ0v.jpg)
_Qlw6DJtxet.jpg)
_LjB9pBd10N.jpg)
_5gc053L2VC.jpg)
_djgfwkfcgD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण