शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)

बिहीबार, २५ वैशाख २०८२, ०९ : २५
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि कडा रूपमा प्रस्तुत भए ।

तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका थिए। साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ ।

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई-केसीडिसी-बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी  

TU Cricket Ground (2)TU Cricket Ground (3)TU Cricket Ground (4)TU Cricket Ground (5)TU Cricket Ground (6)TU Cricket Ground (7)TU Cricket Ground (8)TU Cricket Ground (9)TU Cricket Ground (10)TU Cricket Ground (11)TU Cricket Ground (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप