पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
शनिबार, २७ वैशाख २०८२, २३ : २१

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शनिबार तालबेंसीमा दुर्घटना हुँदा फूलबारीका देवेन्द्र बास्तोलाको निधन भएको हो ।
बास्तोला पूर्व पत्रकार हुन् । उनी पछिल्लो समय राजनीतिमा संलग्न थिए । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट पोखरा ११ को वडाध्यक्षका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?