मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
सोमबार, २९ वैशाख २०८२, १७ : १७
काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । स्थानीय समयअनुसार सोमबार राति ८ बजे मोदीले सम्बोधन गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।
पहलगाम हमला, पाकिस्तानसँगको तनाव र युद्धविरामपछि मोदीले राष्ट्रको नाममा गर्न लागेको यो पहिलो सम्बोधन हुनेछ । दुई देशबिच शनिबार युद्धविराम गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री मोदीले भारतीय सेनाले सञ्चालन गरेको अपरेसन सिन्दूर र त्यसपछिको अवस्थाबारे जानकारी दिने बताइएको छ । भारतले गत ७ मे मा पाकिस्तानविरुद्ध अपरेसन सिन्दूर चलाएको थियो ।
हालसम्म पाकिस्तानले गरेको गोलाबारीमा भारतमा ७ जना सुरक्षाकर्मीको मृत्यु भएको र ६० जना घाइते भएको दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यसका साथै २७ जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण