अक्षतराज पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान
आइतबार, २८ वैशाख २०८२, १३ : ३२
काठमाडौँ । नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् ।
एसिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा तीन मिनेट छ सेकेण्डसम्म मादल बजाई कीर्तिमान बनाएका हुन् ।
पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको.....’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएका थिए । यसैलाई आधारमा मानी एसिया बुक अफ रेकर्डसले उनको नाममा कीर्तिमान कायम भएको प्रमाणित गरेको हो ।
बालक पौडेलसँग अन्य प्रायः सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ । पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो । अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको कीर्तिमानबाट आफूहरू मात्र नै मुलुक नै गौरवान्वित भएको महसुस भएको बताएका छन् । पौडेल परिवार हाल राजधानीको कागेश्वरी मनहरामा बस्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण