मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल

सोमबार, २९ वैशाख २०८२, ०७ : ३१
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बुद्धले दिएका शिक्षाहरू मध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । खनालले बुद्ध दर्शनको गहन अध्ययन गरौँ र त्यस भित्र रहेका सकारात्मक र सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्ने बताएका हुन् ।

बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले भनेका छन्, ‘शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतको अनित्यता, हर कुरामा हुने परिवर्तनशीलता, कुनै पनि अलौकिक शक्तिको अस्तित्वको अस्वीकार्यताका, कारण र कार्यको सिद्धान्त, लैङ्गिक समानता, छुवाछुत र उच्च निचको वर्णवादी सिद्धान्तको अस्वीकृति र सामूहिकताको सिद्धान्त जस्ता नीति र सिद्धान्तहरू समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् ।’

‘आज विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धको २५६९ औँ जन्म जयन्तीको दिन हो  । साथै किरात समुदायको महान् पर्व उभौली पर्वको दिन पनि हो । यस पुनीत घडीमा म सर्वप्रथम महान् दार्शनिक गौतम बुद्धप्रति हार्दिक सम्मान र श्रद्धा अर्पण गर्न चाहन्छु । साथै सम्पूर्ण बौद्धजनहरूलाई शान्ति,सद्भाव र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ ।

                                                         

                                               

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप