करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यामान लुटेरा निर्वाचन प्रणाली नचाहिने बताएका छन् । सोमबार वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले करोडौँ खर्च गरेर पनि निर्वाचन जित्न नसकिने प्रणाली आवश्यक नभएको बताएका हुन् ।
‘करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन । दलित, उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली चाहिएको छ । प्रतिक्रिया प्रतिगामी शक्तिहरूले संविधान संशोधनको कुरा गर्दैछन् । क्रान्तिकारी र प्रतिगामी शक्तिबिच कडा टसल हुनेवाला छ । यसमा आदिवासी, दलित, उत्पीडित, महिला सबै वर्ग समुदाय सचेत हुनुपर्ने आवश्यकता छ’, उनले भने ।
कार्यक्रममा आफ्नो नेतृत्वको सरकारले ल्याएको विशेष प्याकेज केपी ओली सरकारले कटौती गरेकोमा विरोध गरे । यस्तै जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि राजावादीहरूले गर्न लागिएको विरोधलाई प्रतिकार गर्न समेत उनले आग्रह गरे ।
‘तथाकथित पूर्वपञ्चहरू मिलेर गणतन्त्र दिवसको दिन आन्दोलन घोषणा गरेका छन् । वाइसिएल लगायत सबै मिलेर प्रतिगामी शक्तिको प्रतिकार गर्न म सबैलाई आग्रह गर्छु’, उनले भने, ‘डेढ २ सय वर्षसम्म देशमा लुट मच्चाएकाहरूले फेरि आन्दोलनका धम्की दिइरहेका छन् । राजाको हत्या हुँदा समेत आँ पनि गर्न नसक्ने कायर यिनै होइनन् ?’
मुठीभरका दलाल पुँजीपतिले अर्थतन्त्र कब्जा गरेको, भू–माफियाले जग्गा कब्जा गरी व्यक्तिको नाममा दर्ता गर्ने काम गरेर ब्रहलुट मच्चाइरहेका दलाल, भ्रष्टाचारीले तर्सिएर षड्यन्त्र गरी आफ्नो सरकार ढालेको प्रचण्डले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण