बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

खाली पेटमा खान हुन्छ मेवा ?

बिहीबार, ०१ जेठ २०८२, ०८ : १८
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • मेवा एक स्वादिष्ट फल हो र बिहान खाली पेटमा खानुका धेरै स्वास्थ्य लाभ छन्।
  • मेवामा भिटामिन सी र किमोपापेन पाइन्छ, जसले कलेजोको डिटोक्स प्रक्रियामा मद्दत गर्छ।
  • यसमा फाइबर हुन्छ जसले पेट फुल्ने समस्या कम गर्छ र चिनीको मात्रालाई व्यवस्थापन गर्छ।
  • मेवा पेटको पीएचलाई रिसेट गर्छ र कोलेजन उत्पादन बढाउन मद्दत गर्छ।

काठमाडौँ । मेवा एकदमै स्वादिष्ट र गुलियो फल हो । यसलाई खाँदाका धेरै स्वास्थ्य लाभ छन् । मेवा एउटा यस्तो फल हो जुन बिहान खाली पेटमा खानु फाइदाजनक साबित हुन सक्छ । 

यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ र पाचन प्रणालीको लागि पनि यो फाइदाजनक मानिन्छ । त्यसैले आजको यस लेखमा हामी हरेक बिहान खाली पेटमा मेवा किन खानुपर्छ भनेर बताउन गइरहेका छौँ । 

कलेजोको लागि फाइदाजनक 
मेवामा पपेन नामक विशेष इन्जाइम हुन्छ । तर कलेजोको स्वास्थ्यको लागि वास्तविक नायक किमोपापेन हो । यसबारे धेरै कम मानिसहरूलाई मात्रै थाहा होला । बिहान सबेरै मेवा खाँदा बिटा–क्यारोटिन जस्ता एन्टिअक्सिडेन्टहरूसँग मिलेर यो इन्जाइमले कलेजोको डिटोक्स चक्रलाई सघाउँछ । शरीरको डिटोक्स प्रक्रिया बिहान सबैभन्दा सक्रिय हुन्छ, र मेवाले तपाईंलाई यस प्रक्रियामा मद्दत गर्न सक्छ । 


पेट फुल्ने समस्या हटाउँछ
मेवामा घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर हुन्छन् । यी दुबैले सँगसँगै काम गर्छन् । घुलनशील फाइबरले आन्द्राको राम्रो ब्याक्टेरियालाई पोषण दिन्छ । अघुलनशील फाइबरले चाँहि बिस्तारै फोहोर नपचेका पर्दाथहरू हटाउँछ । 

चिनीको मात्रा म्यानेज गर्छ 

मेवाको ग्लाइसेमिक इन्डेक्स (जीआई) लगभग ६० हुन्छ, जसको अर्थ यसले बिस्तारै बिस्तारै रगतमा चिनी छोड्छ । प्राकृतिक रूपमा पाइने फ्रक्टोज अन्य भोजनको साथमा नमिसाइकन खाइन्छ भने यो फ्याट वा प्रशोधित कार्बोहाइड्रेटसँग मिसिदैन । यसलाई अन्य खानेकुरासँग मिसाएर खाँदा भने फ्रक्टोज फ्याट वा प्रशोधित कार्बोहाइड्रेटसँग मिसिएर रगतमा चिनीको मात्रा ह्वात्तै बढाउँछ । यसले ऊर्जा स्थिर गर्न मद्दत गर्छ र दिनभरि इन्सुलिन संवेदनशीलतालाई सपोर्ट गर्छ । 

पेटको पीएच रिसेट गर्छ

मेवा मचेपछि एल्कलाइन हुन्छ । स्वाद अलि तिख्खर हुने भएपनि यसले पेटमा रहेको अतिरिक्त एसिडलाई बेअसर गर्छ । एसिडिटी वा रिफ्लक्सबाट पीडित व्यक्तिहरूका लागि खाली पेटमा मेवा खानु फाइदाजनक हुन सक्छ । यसबाहेक, यसले पेटमा हुने इन्फ्लेमेशन (सुन्निएको)लाई पनि कम गर्छ । 

कोलेजन उत्पादन बढाउँछ

मेवामा भिटामिन सी र लाइकोपीनमा प्रचूर मात्रामा पाइन्छ । यसले प्राकृतिक कोलेजन संश्लेषणलाई उत्तेजित गर्छ । खाना खानुअघि मेवा खाँदा शरीरमा यी पोषक तत्त्वहरू राम्रोसँग अवशोषित हुन्छन् र बिहान सबेरै छालाका कोषहरू समेत शरीरका सारा कोषहरूको मर्मतमा मद्दत मिल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप