२५ वर्षपछि नक्साल हिटीमा पानीको पुनः प्रवाह, के भन्छन् बालेन ?

समाचार सारांश
- काठमाडौंको नक्साल हिटीमा २५ वर्षपछि पानी पुन: प्रवाह भएको छ। मेयर बालेन शाहले भिडियोमार्फत जानकारी दिए।
- २०७९ भदौमा अनुगमन गर्दा हिटीमा पानी निकास बन्द भएको पाइयो। पुरानो मंगाल माटोले पुरिएको र घरहरूले अवरोध गरेको भेटियो।
- नयाँ मंगाल निर्माणका लागि जरिवाना रकमबाट काम गरियो। टुकुचासम्मको मार्गमा अवरोध हटाएर ८ महिनापछि दुई स्रोतबाट पानी आउन थालेको छ।
काठमाडौँ । नक्साल हिटीमा २५ वर्षपछि पानीको पुनः प्रवाह भएको छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले आज एक भिडियो सन्देश जारी गर्दै हिटीमा पानीको पुनः प्रवाह भएको जनाएका हुन् ।
शाहका अनुसार २०७९ सालको भदौ महिनामा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा अनुगमन गर्दा नक्साल हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको पाइएको थियो । पुरातत्त्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको भेटिएकाे थियाे।
'हामीले उक्त समस्याको जानकारी पाएपछि त्यसको समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गर्यौँ। विभागले अनुगमन गर्दा हिटीको निकाससँग जोडिएको पुरानो मंगाललाई माटोले पुरिएको अवस्थामा फेला पारेको थियो। करिब ४ फिट खन्दा उक्त मंगाल भेटिएको हो। तर, त्यस मंगालमा पानीको बहाव देखिएन। सोही क्रममा उक्त मंगालसँग जोडिएका तीनवटा घरहरूले पनि हिटीको निकास अवरुद्ध पारेको पत्ता लाग्यो। ती घरधनीहरूसँग वडा नम्बर १ मार्फत समन्वय गरिएको थियो', शाहले भनेका छन् ।
छलफलको क्रममा पुरानो मंगालमार्फत पानीको निकास सम्भव नभएको निष्कर्षमा पुगिएपछि नयाँ मंगाल निर्माण गर्नुपर्ने सुझाव प्राप्त भएको र त्यसअनुसार ती तीनवटा घरधनीहरूलाई जनही २–२ लाख जरिवाना गराई सो रकमबाट नयाँ मंगाल निर्माण गरिएको बालेन बताउँछन् ।
उनले भनेका छन्–'उक्त हिटीको निकास नारायणहिटी सङ्ग्रहालय भित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। तर, टुकुचासम्मको मार्गभित्र रुखका जरासहितका अवरोधहरूका कारण पनि हिटीको प्रणाली प्रभावित भएको पाइयो। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ। यस अवधिमा विभिन्न हिटीसम्बन्धी जानकारहरूले पनि स्थलगत अनुगमन गर्नुभएको थियो।'
'हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौँ', शाहले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
कसरी सम्भव भयो खगराज नै संसदीय दलको नेता बन्ने सहमति ?
-
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन