बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार

काठमाडौं । बार्सिलोनाले दुई खेल अगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।इस्पानियोलको घरेलु मैदानमा २-० को जित निकाल्दै बार्सिलोनाले आफ्नो २८ औं ला लिगा उपाधि जितेको हो ।
क्रसटाउन प्रतिद्वन्द्वी इस्पानियोलविरुद्धको खेलमा १७ वर्षीय ल्यामिन यामलले पहिलो गोल गरे भने घरेलु टोली १० जनामा सिमिति भएको फाइदा उठाउँदै फर्मिन लोपेजले अर्को गोल थपे । जुन गोलका लागि समेत असिस्ट यामलले नै गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा यामलले ५३ औं मिनेटमा व्यक्तिगत गोल गरे भने लोपेजले इन्जुरी टाइम अर्थात् ९५ औं मिनेटमा गोल गरेका हुन् ।
१९९५-९६ को प्रिमियर लिग सिजनको सुरुवातमा लिभरपुलका पूर्व रक्षक एलन हानसेनले बच्चाहरुको साथले तपाईं केही पनि जित्न सक्नुुहन्न भनेका थिए । त्यो भनाईलाई बार्सिलोनाका युवा खेलाडीले गलत सावित गरिदिएका छन् । यसअघि युवा खेलाडीकै चमत्कारले कोपा डेल रे जितेको रकेर्ड छ ।
बार्सामा १७ वर्षीय यामल, १८ वर्षीय पाउ क्यूबार्सी र २२ वर्षीय पेड्री संलग्न छन् । आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाका लागि चलेका तथा फर्ममा रहेका खेलाडी भित्र्यानु फलामको चिउरा चबाउनु जस्तै बनेका बेला युवा प्रतिभाको उपयोग गरेर सुखद् दिनहरुको पुनरागमन गरेको विश्लेषण हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश