बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
काठमाडौं । बार्सिलोनाले दुई खेल अगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।इस्पानियोलको घरेलु मैदानमा २-० को जित निकाल्दै बार्सिलोनाले आफ्नो २८ औं ला लिगा उपाधि जितेको हो ।
क्रसटाउन प्रतिद्वन्द्वी इस्पानियोलविरुद्धको खेलमा १७ वर्षीय ल्यामिन यामलले पहिलो गोल गरे भने घरेलु टोली १० जनामा सिमिति भएको फाइदा उठाउँदै फर्मिन लोपेजले अर्को गोल थपे । जुन गोलका लागि समेत असिस्ट यामलले नै गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा यामलले ५३ औं मिनेटमा व्यक्तिगत गोल गरे भने लोपेजले इन्जुरी टाइम अर्थात् ९५ औं मिनेटमा गोल गरेका हुन् ।
१९९५-९६ को प्रिमियर लिग सिजनको सुरुवातमा लिभरपुलका पूर्व रक्षक एलन हानसेनले बच्चाहरुको साथले तपाईं केही पनि जित्न सक्नुुहन्न भनेका थिए । त्यो भनाईलाई बार्सिलोनाका युवा खेलाडीले गलत सावित गरिदिएका छन् । यसअघि युवा खेलाडीकै चमत्कारले कोपा डेल रे जितेको रकेर्ड छ ।
बार्सामा १७ वर्षीय यामल, १८ वर्षीय पाउ क्यूबार्सी र २२ वर्षीय पेड्री संलग्न छन् । आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाका लागि चलेका तथा फर्ममा रहेका खेलाडी भित्र्यानु फलामको चिउरा चबाउनु जस्तै बनेका बेला युवा प्रतिभाको उपयोग गरेर सुखद् दिनहरुको पुनरागमन गरेको विश्लेषण हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण