कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै
बुधबार, ३० जेठ २०७५, २० : ४५
सुर्खेत । आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट रु नौ अर्ब १३ करोड, राजस्वबाट करिब रु पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट रु छ अर्ब ६१ करोड प्राप्त हुने बताए ।
राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उहाँले यसलाई बढाउने प्रयास गर्ने बताए । ‘यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुप¥र्यो’ उनले भने, ‘आगामी वर्ष बजेटको आकार बढाउनेछौ ।’
असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाँड्ने प्रवृक्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण