आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्‍यो जिनको सुखद अन्त्य

आइतबार, ०४ जेठ २०८२, ०६ : २८
आइतबार, ०४ जेठ २०८२

काठमाडौं । होफेनहाइमविरुद्ध शानदार जित निकाल्दै बायर्न म्युनिखले जर्मन मुण्डेस लिगा फुटबलमा सुखद अन्त्य गरेको छ । शनिबार होफेनहाइमको घरेलु मैदानमा ४-० को जित निकाल्दै बायर्नले बुण्डेस लिगा अभियानको शानदार अन्त्य गरेको हो । 

बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्नले समग्रमा यो सिजनको सुखद अन्त्य गरेको विश्लेषण हुन थालेको छ । होफेनहाइमविरुद्धको खेलमा ह्यारी केनलाई बेन्चमा राखेर राहत दिने योजना बनाइए पनि यो शानदार प्रदर्शनमा केनको पनि गोल योगदान रहयो । 

जहाँ माइकल ओलिस, यहोशू किम्मिच र सर्ज गनब्रीले गोल गर्दै भिन्सेन्ट कोम्पानीको योजनालाई साकार पारे । शीर्ष स्थानको बायर्नले चार खेल अगावै उपाधि जित्दा दोस्रो स्थानको बायर लिभरकुजेन बराबरीमा रोकियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप