बाबिल खानले लिए करियरबाट ‘ब्रेक’

समाचार सारांश
- अभिनेता बाबिल खानले फिल्म उद्योगलाई गाली गरेको भिडियो भाइरल भएपछि फिल्मबाट विश्राम लिने घोषणा गरेका छन्।
- बाबिल र फिल्म निर्माता साई राजेशबीचको बहसपछि बाबिलले साईको आगामी फिल्म पनि छाडेका छन्।
- बाबिलले सामाजिक सञ्जालमा फिल्म छाड्ने घोषणा गर्दै भविष्यमा फेरि भेट्ने र जादु सिर्जना गर्ने बताएका छन्।
नयाँ दिल्ली । केही समयअघि बलिउड अभिनेता बाबिल खानको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा उनले रुँदै कराउँदै फिल्म उद्योगलाई गाली गरिरहेका थिए । यसको केही समयपछि, बाबिलको टिमले उनको भनाइको गलत अर्थ लगाइएको भन्दै स्पष्टीकरण दिएको थियो ।
यस मामिलामा फिल्म मेकर साई राजेश बाबिलसँँग भड्किए । उनले बाबिललाई हप्काए र दुई जनाबिच बहस सुरु भयो । अब विवादका बिच, बाबिलले फिल्मबाट विश्राम लिने घोषणा गरेका छन् । उनले साई राजेशको आगामी फिल्म पनि छोडेका छन् ।
फिल्म छोड्ने घोषणा बाबिल खानले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा गरेका हुन् । ‘धेरै साहस, जोस र पारस्परिक सम्मानका साथ, साई राजेश सर र मैले यो जादुई यात्रा सुरु गर्यौँ । दुर्भाग्यवश, फरक परिस्थितिका कारण योजनाअनुसार काम भएन । म केही समयको लागि विश्राम लिइरहेको हुनाले म साई राजेश सर र उहाँको टोलीलाई यो यात्राको लागि शुभकामना दिन्छु । मलाई थाहा छ हामीबिच धेरै प्रेम छ र हामी भविष्यमा चाँडै भेट्नेछौँ र जादु सिर्जना गर्नेछौँ ।’
उता साई राजेशले पनि बाबिलले फिल्मबाट हात झिकेको आधिकारिक घोषणा गरेका छन् ।
‘बाबिल मैले भेटेको सबैभन्दा मेहनती र प्रतिभाशाली अभिनेता हो । तर मैले यो दुर्भाग्यपूर्ण वास्तविकता स्वीकार गर्नुपर्छ । फिल्मको तयारीको क्रममा मैले बाबिलसँग समय बिताउने मौका पाएँ, यस्तो प्रतिभाशाली अभिनेतासँग काम गर्न पाउँदा म धेरै खुसी थिएँ । मेरो अगाडि उनको प्रस्तुति हेर्नुको अनुभव म सधैँ जोगाएर राख्नेछु । मलाई मेरो हिरोको निकै याद आउनेछ । आफ्नो ख्याल राख्ने उनको निर्णयको म सम्मान गर्छु र उनलाई भविष्यको लागि शुभकामना दिन्छु र धेरै धेरै माया पठाउँछु । मलाई थाहा छ हामी सँगै त्यो जादु सिर्जना गर्नेछौँ’ उनले लेखेका थिए ।
बाबिल खान स्वर्गीय बलिउड अभिनेता इरफान खानका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा
-
उपसभामुख रानालाई कांग्रेस–एमालेले हटाउन खोजेकै हुन् ?
-
शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयक : यी हुन् सहमति भएका विषय र सहमति जुट्न नसकेका दफा