नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५९ औँ खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्ससामु जितका लागि २२० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१९ रन बनाएको हो ।
टोलीका लागि नेहाल वाधेराले सर्वाधिक ७० रनको योगदान दिए । उनले मात्र ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यो सिजन उनको यो दोस्रो अर्धशतक हो ।
शशांक सिंहले पनि अर्धशतकीय इनिङ्स खेले । उनले ३० बलमा ५ चौका र ३ छक्काको मद्दतले ५९ रन जोडे । उनलाई खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले ९ बलमा २१ रन बनाउँदै राम्रो साथ दिए ।
यसअघि, कप्तानले श्रेयर अय्यरले २५ बलमा ३० रन जोडेका थिए । उनले ४ चौका र ३ छक्का हिर्काए । ओपनर प्रभसिमरन सिंहले पनि १० बलमा २१ रन बनाए ।
राजस्थानका लागि तुसार देशपाण्डेले २ तथा क्वेना माफाका, रियान पराग र आकाश मधवालले १–१ विकेट लिए ।
जारी सिजनको आईपीएलमा पञ्जाब किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पञ्जाब प्ले–अफ चरणनजिक छ । हालसम्म ११ खेल खेलेको पञ्जाब किङ्स १५ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ ।
पञ्जाबले हालसम्म सात जित र तीन हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा अब पञ्जाबले आजसहित तीन खेल खेल्न बाँकी छ । त्यसमध्ये दुई खेलमा जित हात पारे पञ्जाब प्रतियोगिताको प्ले–अफ चरणमा पुग्नेछ ।
पञ्जाबले अब राजस्थानका अतिरिक्त दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्ससँग खेल्न बाँकी छ । दिल्ली र मुम्बई दुवै बलिया प्रतिद्वन्द्वी हुन् । यी दुवै टोली प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । त्यसैले पञ्जाबका लागि अबको यात्रा झनै चुनौतीपूर्ण छ ।
राजस्थान रोयल्सले जारी सिजनको आईपीएलमा सन्तोषनक प्रदर्शन गर्न सकेको छैन । एकपछि अर्को निराशाजनक प्रदर्शनपछि राजस्थान उपाधि होडबाट बाहिरिइसकेको छ । हालसम्म १२ खेल सकेको राजस्थान तालिकाको नवौँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
-
असार १५ : हिलो, हाँसो र आशाको पर्व
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण