आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

मार्स र मार्क्रमको अर्धशतक, हैदराबादसामु २ सय ६ रनको लक्ष्य

सोमबार, ०५ जेठ २०८२, २१ : ४१
सोमबार, ०५ जेठ २०८२

काठमाडाैँ । ओपनरद्वय मिचेल मार्स र एडन मार्क्रमको शतकीय साझेदारीको मद्दतले लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादसामु जितका लागि २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार इन्डियन प्रिमियर लिगको ६१ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५ रन बनाएको हो ।खेलमा मार्स र मार्क्रमले लखनउलाई उत्कृष्ट सुरुवात दिलाए । दुवैले अर्धशतक बनाउँदै पहिलो विकेटका लागि १०।३ ओभरमा ११५ रनको साझेदारी गरे ।

मार्सले मात्र ३९ बलमा ६५ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे । मार्क्रमले ३८ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतले ६१ रन बनाए ।निकोलस पुरनले २६ बलमा ४५ रनको महत्त्वपूर्ण योगदान दिए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

कप्तान ऋषभ पन्त भने ७ रनमा आउट भए भने आयुष बदोनी पनि ३ रन बनाउँदै पभेलियन फर्किन बाध्य भए । अब्दुल सामदले ३ तथा शर्दुल ठाकुरले पनि ४ रन मात्र बनाउन सके ।

हैदराबादका लागि ईशान मलिंगाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नितिषकुमार रेड्डी, हर्षल पटेल र हर्ष दुवेले १–१ विकेट हात पारे ।लखनउको प्लेअफ चरणमा पुग्ने झिनो सम्भावना अझै कायम रहेको छ । हैदराबाद भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । लखनउको ११ खेलबाट १० अंक रहेको छ । हैदराबादले सामान खेलबाट मात्र ७ अंक बटुलेको छ ।

दुई टोली यो सिजन दोस्रोपटक आमने सामने भएका हुन् । यसअघि पहिलो खेलमा लखनउले हैदराबादलाई ५ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप