फोनलाई चार्जमा राख्दा गर्नु हुन्न यी त्रुटी

काठमाडौँ । गर्मीमा फोन पड्किएको खबरहरू निकै सुन्नमा आउँछन् । गर्मीमा चार्जमा राख्दा स्मार्टफोन तात्छन् । फोन ओभरहिट हुँदा दुर्घटना समेत हुन सक्छन् । फोनलाई चार्जमा राख्दा केही कुरालाई ध्यान दिने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।
ओरिजिनल चार्जरको प्रयोग
सबैभन्दा पहिला आफ्नो फोनलाई चार्जमा राख्दा ओरिजिनल चार्जरको मात्रै प्रयोग गर्नुहोस् । ओरिजिनल चार्जर छैन भने पनि सजेष्टेड चार्जरबाट मात्रै चार्ज गर्नु पर्छ ।
फोन छिटै चार्ज गर्ने चक्करमा कतिपयले फाष्ट चार्जरको प्रयोग गर्छन् । तपाईंको फोनले फाष्ट चार्जिङ सपोर्ट गर्छ भने त ठीकै छ । सपोर्ट गर्दैन भने चाँहि यसरी चार्ज गर्दा फोन बिग्रन सक्छ ।
हटाइदिनुस् कभर
कहिलेकाँही कभरका कारण फोन निकै तातिन्छन् । गर्मीमा फोन कभरमा राखेकै अवस्थामा चार्ज गर्दा फोन ओभरहिट हुन्छ ।
चार्जमा राखेर फोन नचलाउनुस्
चार्जमा राखेको अवस्थामा फोन चलाउनु हुन्न । केही मानिस त फोन चार्जमा राखी राखी नै फोन गर्ने, भिडियो कल गर्ने वा गेम खेल्ने गर्छन् ।
तातो ठाउँमा राख्नु हुन्न फोन
फोन चार्जमा राखी राखी प्रयोग गर्नु हुन्न । यस बाहेक पनि चार्जमा राखिराखेको समयमा फोनलाई धेरै तातो भएको ठाउँमा राख्नु हुन्न । फोनलाई घाममा पनि राख्नु हुन्न । स्मार्टफोनलाई चार्जमा राखेर तकियाले थिच्नु हुन्न । यसो गर्दा आगलागी हुन सक्छ ।
यी तरिकालाई ध्यानमा राखेर तपाईंले आफू र आफ्नो फोन दुबैलाई सुरक्षित राख्न सक्नु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स