कनवे र ब्रेभिसको अर्धशतक, चेन्नईद्वारा २ सय ३१ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । चेन्नई सुपर किंग्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार अहमदाबादमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ६७ औँ खेलमा चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३० रन बनाएको हो ।
टोलीका लागि डेभोन कनवे र डेवाल्ड ब्रेभिसले अर्धशतक बनाए । कनवेले मात्र ३५ बलमा ५२ रन जोडे । उनले ६ चौका र २ छक्का हिर्काए । ब्रेभिसले टोलीका लागि सर्वाधिक ५७ रन बनाए । उनले यस क्रममा २३ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे ।
यसअघि, ओपनर आयुश महात्रेले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई शानदार सुरुवात दिलाएका थिए । उनले १७ बलमा ३ चौका र ३ छक्काको मद्दतले ३४ रन बनाए । उर्भिल पेटलले पनि १९ बलमा ३७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४ चौका र २ छक्का प्रहार गरे ।
रवीन्द्र जेडेजाले १८ बलमा २१ रनको योगदान दिए । उनले १ चौका र १ छक्का हिर्काए । गुजरातका लागि प्रसिद्ध कृष्णाले २ तथा साई किशोर, रासिद खान र शाहरुख खानले १–१ विकेट लिए ।
१३ खेलबाट १८ रन बटुलेको गुजारत हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । चेन्नई भने समान खेलबाट ६ अंक बटुल्दै पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
-
इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
-
सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण