मुख्यमन्त्री शाहद्वारा प्राथमिकतामा आधारित योजना छनोट गर्न गाउँपालिकालाई आग्रह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विकास निर्माणमा प्रभावकारिता ल्याउन प्राथमिकता आधारित योजनाको छनोट गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।
सोमबार डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ४ र ८ का भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले धेरै योजना प्रस्तुत गर्नुको सट्टा आवश्यकतालाई केन्द्रमा राखेर योजना छनोट गर्दा जनताले प्रत्यक्ष लाभ पाउने बताए ।
असङ्ख्य योजना ल्याएर कार्यान्वयनमा समस्या झेल्नु भन्दा आवश्यकता पहिचान गरेर योजना छनोट गरे प्रभावकारी विकास सम्भव हुन्छ, उनले भने । कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री शाहले गाउँपालिकाको समुन्नत विकासका लागि सबै पक्ष मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए ।
उनले भूमिहीन समुदायलाई राज्यको मूल धारमा ल्याउन गरिएको प्रयास सराहनीय भएको उल्लेख गर्दै आगामी दिनमा थप योजनामार्फत सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग, जिल्ला समिति डडेल्धुराको समन्वयमा आलिताल गाउँपालिकाले वडाका १६ जना दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण