‘अनुशासनको दायरामा नपरेको प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्याउने विषय उपयुक्त हाेइन’
_hmkcrty5aw_YfDjTN7KsM.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका अधिकारीहरूकै मिलेमतोमा भिजिट भिसाका नाममा सयौँ नेपाली नागरिक ठगिनु गैरकानुनी र अमानवीय भएको बताएका छन् ।
नेपाली कांग्रेस धरान उपमहानगरपालिकाको सम्मेलनमा बुधबार बोल्दै महामन्त्री थापाले यस्तो काम गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । ‘नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैर कानुनी त छँदै छन्, अमानवीय पनि छन्,’ थापाले भने, ‘यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारबाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन ।’
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखलगायतको अनुसन्धान कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाब वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अगाडि बढाउनुपर्ने बताए । थापाले यस प्रकरणमा जो–जो परे पनि यसका जरा, हाँगा बिँगा सबै खोज्नुपर्ने बताए ।
थापाले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा दिनुपर्ने विषयमा भने घुमाउरो पारामा धारण राखे । उनले भने, ‘अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ,’ थापाले भने ।
गृहमन्त्री बेदाग रहेको आफूलाई विश्वास रहेको थापाले बताए । ‘लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमानदारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ– कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दा माथि तथ्य र प्रमाण हुन्छ ।’
उनले भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुगेमा अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने बताए ।
त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुने भएकाले लेखकले त्यसै गर्ने आफ्नो विश्वास रहेको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्