राजेश हमालको ‘नरसिंहाः अवतार’ ले पहिलो साता कमायो कति ?
काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गरेको फिल्म ‘नरसिंहाः अवतार’ आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले फिल्मको पहिलो सप्ताहान्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको बताइएको छ ।
फिल्ममा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभजंग बस्नेत, रमेशचन्द सोडारी लगायतको अभिनय छ ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । फिल्ममा राजुविक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।
फिल्मका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा फिल्मप्रति दर्शकको क्रेज उत्तिकै बढी छ । फिल्म हेर्ने अधिकांश दर्शकले फिल्ममा राजेश हमालको उपस्थितिलाई उत्कृष्ट मानेका छन् । फिल्म दिवाकर भट्टराई निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण