शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

राजेश हमालको ‘नरसिंहाः अवतार’ ले पहिलो साता कमायो कति ?

शुक्रबार, १६ जेठ २०८२, १६ : ३१
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गरेको फिल्म ‘नरसिंहाः अवतार’ आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले फिल्मको पहिलो सप्ताहान्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको बताइएको छ ।

फिल्ममा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभजंग बस्नेत, रमेशचन्द सोडारी लगायतको अभिनय छ ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । फिल्ममा राजुविक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।

फिल्मका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा फिल्मप्रति दर्शकको क्रेज उत्तिकै बढी छ । फिल्म हेर्ने अधिकांश दर्शकले फिल्ममा राजेश हमालको उपस्थितिलाई उत्कृष्ट मानेका छन् । फिल्म दिवाकर भट्टराई निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप