धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
शनिबार, १७ जेठ २०८२, ०७ : २१
धनगढी । धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाल उनको शव अस्पतालमै राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण