सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

‘ठुला दलका शीर्ष नेताहरूले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्’

शनिबार, १७ जेठ २०८२, १८ : २८
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए असन्तुष्टि हट्ने बताए।
  • ललितपुरमा आयोजित कार्यक्रममा थापाले नेताहरूले विश्राम लिए आन्दोलनहरू हराउने दाबी गरे।
  • थापाका अनुसार, नेतृत्व परिवर्तनले सबै समस्या समाधान नहुने तर धेरै बुझेर समाधान गर्न सकिनेछ।

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठुला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरू हट्ने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरेका हुन् । 

महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्‍यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या यही हो । नेपालका ठुला पार्टीका ठुला नेताहरूले रेस्पेक्ट गर्छु म उहाँहरूलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’

महामन्त्री थापाले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप